वडा नं. २० स्तरीय खेलकुद सरु


बाँके । विद्यालयस्तरीय देखि नै खेलको विकासका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० ले वडास्तरका खेलकुद प्रतियोगिताको मंगलबार उद्घाटन गरेको छ ।
वडा नं. २० अन्तर्गत रहेका सबै विद्यालयकाबीच हुने प्रतियोगिता जयजनता माध्यामिक विद्यालयको प्राङ्गनमा संचालन हुने छ । विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले गर्नु भएको थियो ।
सामुदायिक तथा संस्थागत गरी १२ वटा विद्यालयका खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलका प्रतियोगिलाई पुरस्कार र प्र्रमाणपत्रको व्यवस्था गरिएको वडा अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनु भयो ।
जयजनता माध्यामिक विद्यालयमा संचालन हुने दोस्रो वडास्तरी खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगितामा वडा पालिकाको आर्थिक सहयोग रहेको छ । वडा अध्यक्ष कार्कीका अनुसार तीन दिन सम्म संचालन हुने खेलमा सबै प्रकार दौड, भलिबल, फुटबल, नृत्य, कवडी लगायतका खेलहरु समावेस गरिएको छ ।
यस वडामा रहेका विद्यालयका विद्यार्थीको औपचारी शिक्षा आर्जनका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरु अब्बल हुनुपर्ने भएकाले यस प्रकारको कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कार्कीले वताउनु भयो ।
उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीका साथै स्थानीय नागरिकको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *