डुडुवाको चौथौ गाउँसभाको विहिबार वस्ने


बाँके । बाँकेको डुडुवा गाउँपालिकाको चौथौ गाउँसभा तथा हिउँदे अधिबेशनको तयारी भईरहेको छ । यही फागुन २३ गते विहीबार बस्ने सभाको तयारी तिब्र पारिएको हो ।

सभामा चालु नयाँ आर्थिक वर्षको हालसम्मको समिक्षा तथा आर्थिक वर्ष २०७५।०७६ सालका योजना तथा बजेट संशोधन र चार वटा नयाँ नीति (विधियेक) ल्याईने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार किसानहरुलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि कृषि निति, पर्यटन निति, अपांङ्गता संरक्षण र बालमैत्री निति, गाउँपालिका साक्षरता अभियान नितिका विषयमा छलफल गरि पारित गरिनेछ । त्यसका लागि कार्यपालिका तथा विभिन्न विषयगत समितिहरुमा सरोकारवालासंग छलफल गरि नयाँ विधेयक प्रस्तुत गरिने गाउँपालिका सूचना अधिकारी ऋषिराज गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *