नारी दिवसको अवसर ट्राफिक नियमका बारे जानकारी दिने


बाँके । ८ मार्च अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुरक्षित यात्राका लागि सचेतनाका लागि बाँके जिल्लामा राजनीतिमा क्रियाशिल महिलाहरुको जिल्ला सञ्जाल अन्तरपार्टी महिला सञ्जालले ट्राफिक नियमका बारेमा एक दिने जनचेतना अभियान गर्ने भएको छ ।
सडक दुर्घटनामा परेर नेपालमा औसत ५ जना व्यक्तिले ज्यान गुमाउनु परिरहेको अवस्थामा २२ गते बुधबार साँझ ४ बजे ट्राफिक नियमको बारेमा जानकारी दिने र सचेतनाका लागि चालकलाई ट्राफिक नियमका जानकारी दिने सामग्री पनि प्रदान गर्न लागेको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष विजया धितालले जानकारी दिनु भयो ।
महिला मानव अधिकारका विषयमा जागरण र महिला मानव अधिकारको भरपूर उपयोग गर्न पाउने भन्दै ८ मार्चका दिन अन्तराष्ट्रिय नारी दिवस मनाउने गरिन्छ ।
अध्यक्ष धितालका अनुसार ट्राफिक प्रहरीसँगको सहकार्यमा पहिलो पटक यस प्रकारको जनचेतनामूलक कार्यक्रम संचालन गर्न लागेको वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *