संबैधानिक चार आयोगका अध्यक्ष अनुमोदित

बालानन्द पौडेल,राष्ट्रिय प्रकृति तथा वित्त आयोग अध्यक्षमा सिफारिस भएको छ ।

बाँके । संसदीय समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेसी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
संवैधानिक परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेसी आयोग, डा विजयकुमार दत्तलाई मधेसी आयोग र विष्णुप्रसाद चौधरीलाई थारु आयोगको अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनवाईका लागि परिषद्ले समितिमा पठाएको थियो ।
उनीहरुको योग्यता, रुची, सोच, अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।
प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संबैधानिक परिषद्ले आयोगका पदाधिकारीको नाम सिफारिस गरेकोप्रति असहमति जनाउँदै नेपाली कांग्रेसका तर्फबाट समितिमा रहेका सांसदको भने बैठकमा अनुपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *