सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन बन्द गर्ने घोषणा


बाँके । राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा मंगलबार देशभरका सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन बन्द गर्ने घोषणा गरेका छन् ।
आन्दोलनरत शिक्षक अगुवा राम प्रसाद चापागाईका अनुसार हाम्रो आन्दोलनमा सहयोग गर्न आज विद्यालयका पठन पाठन बन्द गर्ने घोषणा गरिएको वताउनु भएको छ । १५ वर्ष सम्म सेवा गरेका छौै त्यसैले यो अभियानमा सहयोग गर्न सबैमा आग्र गरेको चापागाईले बनाउनु भयो ।
स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै उनीहरूले आज काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सोही विरोधमा उनीहरूले पठनपाठन बन्द गर्ने घोषणा गरेका हुन्।

प्रदर्शनमा प्रहरीले निषेधित क्षेत्र तोड्न लागेपछि हस्तक्षेप गरेको थियो। उनीहरुले संघीय शिक्षक ऐनमा आफूहरूलाई स्वतः स्थायी हुने व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए।
नेपालमा हाल ४० हजारभन्दा बढी राहत तथा ३६ हजारभन्दा बढी बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरू रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *