कुपिण्डे ताल मिडिया सम्मेलन सम्पन्न

बाँके । सल्यानको पर्यटकीय स्थान कुपिण्डे तालमा सोमबार कुपिण्डे ताल मिडिया सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समग्र कर्णाली प्रदेशको विकासका लागि मिडिया गृह र मिडियाकर्मीको साथ र सहयोग अति आवश्यक रहेको वताउनु भएको छ ।

मुख्यमन्त्री शाहीले कुपिण्डे तालका समग्र विकास गरी कर्णालीमा धार्मिक पर्यटक बृद्धिका लागि सल्यानी जनताले गरेको अभियानमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको वताउनु भएको छ ।

रारा कर्णाली पर्यटन वर्ष २०७५ को अवसरमा कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य संघ सल्यान, वनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ र से फोक्सण्डो मिडिया प्रालिको आयोजनामा गरिएको मिडिया सम्मेलनमा कुपिण्डे तालको प्रचार प्रसार र संरक्षणका लागि सरोकारवालाको चासो र चिन्ता रहेको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले सल्यानको विकासका लागि कुपिन्डेदह आर्थिक उपार्जनमा सहयोगी बन्ने वताउनु भएको छ । वनगाड कुपिण्डे नगरपालिका कुपिण्डे क्षेत्र प्रकृतिले समृद्ध छ भने वनगाड संस्कृतिले समृद्ध रहेकोले यसको समुचित प्रयोगबाट नगरपालिको विकासका साथै जिल्लाको विकासका लागि यस तालले सहयोग गर्ने वताउनु भएको थियो ।

कार्यक्रममा नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजङ्ग शाह, वनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ अध्यक्ष लगायत कुपिण्डेतालको संरक्षण अति आवश्यक रहेको त्यसका लागि प्रदेश सरकारले विशेष सहयोग गर्नु पर्ने माग समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *