आज महोत्सवमा सन्तोष पन्तले हसाउने,रामजी,सृजना गाउने र नचाउने


बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा प्रादेशिक महोत्सवमा आज मंगलबार चर्चित हाँस्यकलाकार सन्तोष पन्त, लोकदोहोरी गायक रामजी खाँड, अनिता चलाउने र सृजना खड्का आउने

बाँके नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सडक डिभिजन परिसर, कारकादोमा सुरु भएको प्रादेशिक महोत्सव २०७५ को दोश्रो दिन सोमबार चर्चित कलाकारहरुको प्रस्तुतीले दर्शकहरु रमाए ।
हाँस्यकलाकार पुरुसोत्तम भण्डारी (पुर्खे बा)ले दर्शकलाई निकै हँसाए । नृत्यङ्गना रुविना अधिकारीले आफ्नोे नृत्यकला प्रस्तुत गर्दा दर्शकहरुले भरपुर आनन्द लिएका थिए ।

लोक गायिका भुमिका गिरीले आफ्ना चर्चित गितहरु हङकङको चुरोट गोरखपुरको सलाई, सरर आउ माया, तारा सङ्ग जुन, मायाकै पिरलो, दियौ चुरोट दिएनौ सलाई, घुमौला नी नेपालगन्ज बजार दर्शक माझ राखिन । त्यस्तै लोक दोहोरी गायक कृष्ण रेउलेले पुर्ब जाने रेल बाटो भए, आज गाउमा बिजुली चम्क्यो लगाएतका गितहरु गाउँदा दर्शकहरु नाचेका थिए ।

त्यस्तै अर्का चर्चित गायक राजनराज सिबाकोटीले चेप्टे चेप्टे पेरुङ्गो, हातमा रुमाल हल्लाउदै, सुर्के थैली खोइ, चरी चट्ट परि भुरुरु, गोजीमा दाम छैन, चिरवीर चिरबिर चाँचरी, रिटिङ्ग रिटिङ्र्ग यार्ई याई, कुटुमा कुटु लगाएतका चर्चित गितहरु गाउँदा दर्शकहरुले नाच्दै रमाएका थिए ।बाँकेको नेपागन्जमा जारी प्रादेशीक महोत्सवमा भोली चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा संचालिन महोत्सवमा भोली चर्चित हाँस्य कलाकार सन्तोष पन्त आउने भएका छन । महोत्सवमा पहिलो पटक पन्तलाई ल्याउन लागिएको साँस्कृतीक संयोजक तजेन्द्र बिक्रम शाहाले जानकारी दिए ।
त्यसैगरी चर्चित लोकदोहोरी गायक रामजी खाँड, अनिता चलाउने र सृजना खड्काले महोत्सवमा प्रस्तुती दिने भएका छन । उनिहरुकासाथमा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने शाहाले बताए । महोत्सवमा नृत्य प्रतियोगिता समेत संचालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *