अधिकारीको निधन अपुरणीय क्षतिः मुख्यमन्त्री पोखरेल


बाँके । मुख्यमन्त्री शंकर पोखरेलले पूर्वउपप्रधानमन्त्री र अर्थमन्त्री भरतमोहन अधिकारीको निधनले आफु स्तब्ध भएको आज प्रेशित शोक विज्ञप्ती मार्फत वताउनु भएको छ ।
नेपालको बाम आन्दोलनका अगुवा अधिकारी समन्वयकारी नेता भएको मुख्यमन्त्री पोखरेलको भनाइ रहेको छ । अधिकारीको निधनले मुलुकले अपुरणीय क्षति व्यहोर्नु परेको छ । बाम तथा लोकतान्त्रीक आन्दोलनका अगुवा, अनुभवी व्यक्तित्व अधिकारीको निधन प्रति उहाँले गहिरो दुख व्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्री पोखरेलले अधिकारीको भौतिक शरीर नभए पनि उहाँ अर्थमन्त्री हुँदा गरेको योगदानको नेपाली समाजले संझिरहने र उहाँको कार्य बाँचिरहने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *