नेपालगन्जमा आयोजित प्रादेशिक महोत्वसव भव्य रुपमा उद्घाटन


बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजना आईतबार आज “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” भव्य समारोहका साथ उद्घाटन भएको छ । महोत्वस फाल्गुण १९ गते देखि २९ गतेसम्म संचालन हुने छ । महोत्सवको उद्घाटन सहरी विकास मन्त्री ईस्तियाक राईले गर्नु भएको छ ।
मन्त्री राई महोत्सवको उद्घाटन गर्दे बाँके जिल्लाको विकासका लागि आफु निरन्तर लागि परेको र जिल्लाको विकास केहिले पनि आफु पछाडी नहट्ने बताउनु भएको छ । महोत्सवमा संघीय सांसद, प्रदेशसभा सदस्य, पूर्वमन्त्री, राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, प्रशासनीक निकायका प्रमुख लगायतले महोत्सवको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महोत्सव उद्घाटन गर्नु भन्दा पहिले बाँकेबासीले विभिन्न साँस्कृतिक झाँकी, नाच, गीत र आफ्ना जातिय, धार्मिक पहिचान सहितका पहिरण सहित उद्योग वाणिज्यसँगको कार्यालयबाट बजार परिक्रम गर्दै मेला स्थलमा पुगेका थिए । ¥यालीको अगुवाई उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, अध्यक्ष नन्दलाल बैश्य, उद्योगी व्यापारी लगायत आमनागरिकको सहभागिता रहेको थियो ।


आज विहान त्रिभुवनचोकबाट बिशाल झाँकी निकालिने छ । बिभिन्न भाषा, भाषी, कला, संस्कृतिकको बिबिधतालाई समेटेर अत्यन्त आर्कषक झाँकी निकालेको झाँकी व्यवस्थापन समितिकी उपसंयोजक मन्दिरा पाण्डेले जानकारी दिनुभयो ।
झाँकीमा पहिलो पटक दुईवटा उँट समेत समावेश गरिएको थियो । भारतको राजस्थानबाट उँट ल्याईएको हो । झाँकी महोत्सवस्थल सडक डिभिजन परिसर, कारकाँदोमा पुगेपछि समुद्घाटन कार्यक्रम शुरु भएको प्रचार प्रसार उपसमितिका संयोजक टंक बहादुर धामीले जानकारी दिनुभयो ।
वि.सं. २०५७ साल देखि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ । विगत झै यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोगार्थ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष बैश्यले बताउनु भयो । महोत्सवमा तीन सय बढि स्टल रहने छन् । कलाकारले साँगीतक प्रस्तुती रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *