अधिकारीको पार्थिव शरीरमा प्रधामन्त्री ओली र अध्यक्ष दहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली


बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता भरतमोहन अधिकारीको निधनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले अधिकारीको निधन भएकोमा भावपूर्ण श्रद्धा–सुमन अर्पण समेत गर्नुभएको छ ।
दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाउनु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा नेता कार्यकर्ता लगायत सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८३ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचार ह्याम्स अस्पताल उपचार भईरहेको थियो । अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका कार्यक्रम वृद्धभत्ता र ‘आफ्नो गाउँ, आफैँ बनाऔं, अभियान निकै लोकप्रिय बनेका कार्यक्रम हुन् ।
अस्पतालका अनुसार उहाँको निधन राति ९ बजेर ३५ मिनेटमा भएको हो । परिवारसँगको छलफलपछि उहाँलाई भ्यान्टिलेटरबाट निकालिएको थियो । माघ २४ गते ह्याम्स अस्पताल भर्ना भएका अधिकारीको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखी उपचार हुँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *