आज नेपालगन्जमा “प्रादेशिक महोत्सव” शुभारम्भ हुने


बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजना आईतबार फाल्गुण १९ गते देखि २९ गतेसम्म “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके”शुरुहुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन सहरी विकास मन्त्री ईस्तियाक राईले गर्नुहुने छ । मन्त्री राई महोत्सवको उद्घाटन गर्ने कार्यक्रमका लागि शनिबार गृहनगर आईपुग्नुभएको छ । महोत्सव उद्घाटन अघि आईतबार बिहान ९ बजे संघको कार्यालय त्रिभुवनचोकबाट बिशाल झाँकी निकालिने छ । बिभिन्न भाषा, भाषी, कला, संस्कृतिकको बिबिधतालाई समेटेर अत्यन्त आर्कषक झाँकी निकालिने झाँकी व्यवस्थापन समितिकी उपसंयोजक मन्दिरा पाण्डेले जानकारी दिनुभयो ।

झाँकीमा पहिलो पटक दुईवटा उँट समेत समावेश गराईदैछ । भारतको राजस्थानबाट उँट ल्याईएको हो । झाँकी महोत्सवस्थल सडक डिभिजन परिसर, कारकाँदोमा पुगेपछिसमुद्घाटन कार्यक्रम शुरु हुने प्रचार प्रसार उपसमितिका संयोजक टंक बहादुर धामीले जानकारी दिनुभयो ।

वि.सं. २०५७ साल देखि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ । विगत झै यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोगार्थ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष बैश्यले बताउनुभयो । महोत्सवमा तीन सय बढि स्टल रहने छन् । कलाकारले साँगीतक प्रस्तुती रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *