वृद्धभत्ता र ‘आफ्नो गाउँ, आफैँ बनाऔं, कार्यक्रमका अर्थमन्त्री अधिकारीको निधन


बाँके । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचार ह्याम्स अस्पताल उपचार भईरहेको थियो । अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका कार्यक्रम वृद्धभत्ता र ‘आफ्नो गाउँ, आफैँ बनाऔं, अभियान निकै लोकप्रिय बनेका कार्यक्रम हुन् ।
अस्पतालका अनुसार उहाँको निधन राति ९ बजेर ३५ मिनेटमा भएको हो । परिवारसँगको छलफलपछि उहाँलाई भ्यान्टिलेटरबाट निकालिएको थियो । माघ २४ गते ह्याम्स अस्पताल भर्ना भएका अधिकारीको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखी उपचार हुँदै आएको थियो।
अधिकारीको शनिबार दिउँसो अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी अस्पतालले अधिकारीलाई बचाउन सक्ने संभावना न्यून रहेको जानकारी दिएको थियो ।
उहाँ चारपटक अर्थमन्त्री समेत रहेका अधिकारीले एकपटक यातायात तथा निर्माणमन्त्रीको जिम्मेवारी समेत पूरा गर्नुभएको थियो । यसैगरी, चारै पटक सांसद भएका अधिकारी संसदीय दलको उपनेता, प्रमुख सचेतक, तत्कालिन नेकपा एमालेको पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमनजस्ता विभाग प्रमुख जिम्मेवारी बहन गरिसक्नु भएको छ ।
अधिकारीको पार्थिव शरिरलाई आइतबार विहान ९ बजेदेखी देखि मध्यान्ह १२ बजे सम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *