नेपालगन्जमा सर्वस्वीकार्य नेतृत्व अभावले गोलापर्थाबाट विदेश भ्रर्मण


बाँके । नेपालगन्ज उपमहानगरपालिका भित्रका विभिन्न रोजक घटनामा एयटा घटना थपिएको छ । विदेश भ्रमण गोलापर्थाबाट निर्णय । नेतृत्व कमजोर भएपछि नेपाली समाजमा भन्ने उखान कही नभएको जार्ता हाडिगाउँ भने जस्तै कमजोर सर्वस्वीकार्य नेतृत्व अभावको प्रतिफल गोलापर्थाबाट विदेश भ्रर्मण, आज भोली चियापस र सार्वजनिक साचोको विषय भएको छ ।
विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ । विदेश भ्रमणका लागि उपमहानगरमा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो ।
उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *