नेकपा अध्यक्ष दहालले दार्जुला घटनामा दुख व्यक्त


बाँके । पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता पुष्पकमल दहाल प्रचण्डले दार्चुलाको दुहुँ गाउँपालिकमा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाएकाहरू प्रति श्रद्धान्जली व्यक्त गर्नु भएको छ । दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जीप दुर्घटना हुँदा ११ जनाको निधन भएको थियो। ’११ जनाको मृत्युको खबरले अत्यन्त मर्माहत भएको छु । उक्त दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु।’ प्रचण्डद्वारा शनिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
दुर्घटनामा परी निधन भएकाका परिवारजनलाई उचित क्षतिपूर्तिको माग गर्दै नेपालका पहाडी भू–भागहरुमा भइरहेका यसप्रकारका सडक दुर्घटना न्यूनिकरण गर्न सम्बन्धित सबैमा पनि प्रचण्डले आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *