बाँके । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको शोकमा आज सरकारले सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिनु भयो ।
‘बुधवार साँझ बसेको मन्त्रिपरिषद बैठकले फागुन १६ गते बिहीवार राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । आज राष्ट्रिय शोक मनाउँदै सरकारी कार्यालय, शैक्षिक संस्था, कलकारखाना सबैमा विदा दिइएको छ’, मन्त्रिपरिषदले निर्णय गरेको जानकारी दिनु भयो
बुधवार दिउँसो ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको भीरमा डाइनेस्टी हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । मन्त्री अधिकारीको आज राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिनेछ ।