नेपालगन्जको प्रादेशिक महोत्सव १९ देखि २९ सम्म हुने

बाँके । प्रतिकुल मौसमका कारण“प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके”तीन दिन पछि सरेको छ । प्रादेशिक महोत्सव अब फाल्गुण १९ गते आईतबारदेखि फाल्गुण २९ गतेसम्म आयोजना गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो ।

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना हुने प्रादेशिक महोत्सव २०७५ फाल्गुण १६ गते बिहिवारदेखि फाल्गुण २६ गतेसम्म गर्ने तयारी थियो । तयारी अन्तिम चरणमा पुगेका बेला बुधवार बिहानदेखि नेपालगन्जमा लगातार पानी परेपछि महोत्सव तीन दिन पछि सार्नुपरेको अध्यक्ष बैश्यले बताउनुभयो । महोत्सव सरेपनि सम्पूर्ण कार्यक्रम भने यथावत रहेका छन् । बुधवार संघमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बैश्यले सारिएको तीन दिनमा थप तयारी गरी महोत्सवलाई भब्य बनाउने जानकारी दिनुभयो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले महोत्सव सफल पार्नका लागि सबैसंग सहयोगको अपील गरे । वि.सं. २०५७ साल देखि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ । नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोर्गाथ महोत्सव आयोजना गर्न लागिएको हो । यस बाहेक प्रदेशभित्र थप नयाँ उद्योग व्यवसायलाई विकसित गर्दै स्वाधीन र बलियो प्रदेश निर्माण गर्ने अभियानमा टेवा पु¥याउँदै राष्ट्र र प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *