मन्त्री अधिकारीकाे निधनले कर्मशिल योद्धा गुमाउनु पर्याे: मुख्यमन्त्री पोखरेल

 

बाँके । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पर्यटन  मन्त्री रविन्द्र अधिकारीलाई जुझारु र कर्मशिल योद्धाका रुपमा चित्रण गर्नुभएको छ ।

मन्त्री अधिकारीको निधनको खबरपछि सामाजिक सञ्जालमा समवेदना प्रकट गर्दै मुख्यमन्त्री पाेखरेलले लेख्नुभएको  छ, ‘संगठन र संघर्ष दुवैबाट खारिएको अत्यन्त जुझारु कर्मशील योद्धा कमरेड रविन्द्र अधिकारीको हेलिकेप्टर दुर्घटनामा निधन भएको कुरा विश्वास नै गर्न गाह्रो भो । तर, घटनास्थलका दृष्यहरु सञ्चार माध्यममा देखेपछि दुःखद् सत्यलाई स्विकार्नै पर्ने रहेछ । दुर्घटनाबाट राष्ट्र र पार्टीले ठुलो क्षति बेहोर्नु परेको छ । भावपूर्ण श्रद्धान्जली कमरेड रविन्द्र अधिकारी ।’

दुःखको घडीमा शोकलाई शक्तिमा बदल्नुपर्ने भन्दै मुख्यमन्त्री पोख्रेलले लेख्नुभएको छ, ‘कमरेड विद्या भट्टराई तपाईले आफूलाई सम्हाल्नुको विकल्प छैन । शोकको यस घडीमा हामी साथमै छौं ।’

उहाँले अगाडि थप्नुभएको छ, ‘दुर्घटना परी मृत्युवरण गर्ने पर्यटन व्यवसायी आङछिरिङ लगायत सबैमा भावपूर्ण श्रद्धान्जली । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *