पेरी पानी पर्न थाल्यो

बाँके । अहिले बाँके जिल्ला लगायतका स्थानमा  पश्चिमी वायुको प्रभावका कारण पानी परिरहेको छ ।

यसका साथै देशभरको मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम बदली हुनका साथै मेघगर्जनसहित पानी पर्ने भएको छ।

देशका पश्चिमी क्षेत्रमा अहिले पानी परिरेहेको छ। हिमपात हुने स्थानमा हिउँ परिरहेको छ भने  दाङ, नेपालगन्ज, सुर्खेतलगायत पश्चिमका अधिकांश स्थानमा पानी परिरहेको छ। यस्तै, जोमसोम, जुम्लालगायतका उच्च पहाडी र हिमाली भेगका जिल्लामा हिमपात पनि भइरहेको छ। महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकासहित देशका पूर्वी क्षेत्रको मौसम पनि दिउँसोदेखि बदली भई पानी पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *