वडा नं. १८ का ५ स्थानमा हात्तीपाईले विरुद्धको औषधी खुवाईदै


बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ अध्यक्ष दीपककुमार वर्माले हात्तीपाईले विरुद्धको औषधी सेवन गर्न सबै वडाबसीलाई अनुरोध गर्नु भएको छ।

वडा नं . १८काे तेजनगर, मानवधर्मा, वडा स्वास्थ्य चाैकी, लग्दहवा र भुजईगाउँमा भाेली विहान १० बजे देखि अाैषधी खान पाउने व्यवस्था मिलाईएकाे वडा सचिव मनाेजकुमार रिजालले जानकारी दिनुभयो ।

बाँके जिल्लामा बुधबार देखि हात्तीपाईले राेग विरूद्धकाे अाैषधी खाने अभियान संचालन हुँदैछ । अध्यक्ष वर्माले आ आफ्नो वडा, टोल र गाउँमा हात्तीपाईले विरुद्धको औषधी सेवन गराउन सबै वडाबासिलाई अनुरोध गर्नु भएको ।

याे अभियान यहि फागुन १५ गते वुथमा र १६ गतेदेखि घरदैलोमा पुगेर स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानीमा औषधी खुवाउने तयारी गरेको बताउनुभयो ।

यसैबीच हात्तीपाईलेविरुद्धको औषधीले मानवस्वास्थ्यमा कुनै असर नपर्ने र वडा अध्यक्ष वर्माले बताउनु भयाे । यश अभियानका लागि सहयोग गर्न वडाका राजनीतिकदल, शिक्षक, विद्यार्थी, समाजसेवी, व्यवसायी र अाम वडाबासिलाई अनुरोध गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *