वडा नं. ६ मा ४५ दिने सिप विकास तालिम सुरू


बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ ले विपन्न तथा सीप सिकेर व्यवसाय गर्न चहाने महिलाका लागि व्यूटीपार्लर तालिमको साेमबार देखि सुरुवात भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ ले लक्ष्यित वर्ग, महिलाका लागि अायमूलक सीप, बालबालिकाका लागि नेतृत्व विकास, बाल अधिकार र जन्म दर्ता, मधेसी, मुस्लिम, दलित लगायतका वर्गका माग अनुसारका कार्यक्रम गर्दै अाएकाे छ ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ काे अार्थिक सहयोग र सगरमाथा सामुदायिक विकास केन्द्रकाे अायाेजनामा वडा भित्रका १२ जना महिलाको सहभागीता रहेको छ । वडापालिकाकाे १ लाख र केन्द्रकाे १० हजार लागतमा ४५ दिने व्यूटीसियन तालिमको अायाेजना गरिएको वडा अध्यक्ष समिरप्रताव सिंहले जानकारी दिनु भयाे ।


सीप सिकेर अाफ्नाे व्यबसाय संचालनका लागि महिलाको पहलमा भएको यश प्रकारकाे तालिमलाई अाबश्यकताका अाधारमा सहयोग गर्न सकिने वडा सचिव अमरदेव भारतीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *