हात्तीपाईले राेग बिरूद्धकाे औषधी खानु अनिवार्य: कार्की

बाँके । नेपालगन्ज उपमहानरपालिका वडा नं २० मा आज हातिपाइले रोग निवारण कार्यक्रम २०७५ वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कृष्ण कार्की स्वास्थ्य चौकि प्रमुख सरोजकुमार मिश्र सिनिएर अहेव कुस्माखर पोख्रोल वडा सदस्य चक्र बहादुर बुढा, तुल्सी सुनार लगाएत राजनीती दल शिक्षक लगाएतको उपस्थिती रहेको थियो। अध्यक्ष कृष्ण कार्कीले हात्तीपाईले विरुद्धको औषधी सेवन गर्न र गराउन सबैलाई अग्रह गर्नुभएको छ ।

वडापालिका स्वास्थ्य शाखाले आज आयोजना गरेको गाउँपालिकास्तरीय अन्तक्र्रियालाई सम्वोधन गर्दै अध्यक्ष यादवले आ आफ्नो वडा, टोल र गाउँमा हात्तीपाईले विरुद्धको औषधी सेवन गराउन सबै जनप्रतिनिधि लाग्न निर्देशन दिनुभएको हो ।

कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख सरोजकुमार मिश्रले हात्तीपाईले विरुद्धको औषधी सेवनको तयारीका वारे जानकारी गराउनुभएको थियो ।

यहि फागुन १५ गते वुथमा र १६ गतेदेखि घरदैलोमा पुगेर स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानीमा औषधी खुवाउने तयारी गरेको प्रमुख मिश्रले बताउनुभयो । हात्तीपाईले विरुद्धको औषधी सेवन अभियानमा वडापालिकाका महिला स्वास्थ्य स्वयम्सेविकासहित छ जना स्वास्थ्यकर्मी खटिने उहाँले उल्लेख गर्नुभयो ।

यसैबीच हात्तीपाईलेविरुद्धको औषधीले मानवस्वास्थ्यमा कुनैपनि असर नपार्ने बताउभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *