हात्तीपाईले विरुद्धको औषधी सेवन गर्न र गराउन जनप्रतिनिधिलाई निर्देशन

बाँके । जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले हात्तीपाईले विरुद्धको औषधी सेवन गर्न र गराउन जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।

जानकी गाउँपालिका स्वास्थ्य शाखाले आज आयोजना गरेको गाउँपालिकास्तरीय अन्तक्र्रियालाई सम्वोधन गर्दै अध्यक्ष यादवले आ आफ्नो वडा, टोल र गाउँमा हात्तीपाईले विरुद्धको औषधी सेवन गराउन सबै जनप्रतिनिधि लाग्न निर्देशन दिनुभएको हो ।
कार्यक्रममा स्वास्थ्य शाखा संयोजक गिरबहादुर गुरुङ र सह संयोजक दलबहादुर रानाले हात्तीपाईले विरुद्धको औषधी सेवनको तयारीका वारे जानकारी गराउनुभएको थियो ।
यहि फागुन १५ गते वुथमा र १६ गतेदेखि घरदैलोमा पुगेर स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानीमा औषधी खुवाउने तयारी गरेको संयोजक गुरुङले बताउनुभयो । हात्तीपाईले विरुद्धको औषधी सेवन अभियानमा जानकी गाउँपालिकाका ६ वडामा महिला स्वास्थ्य स्वयम्सेविकासहित १ सय ४५ जना स्वास्थ्यकर्मी खटिने उहाँले उल्लेख गर्नुभयो ।

यसैबीच हात्तीपाईलेविरुद्धको औषधीले मानवस्वास्थ्यमा कुनैपनि असर नपार्ने सन्देश दिन जानकी गाउँपालिकाका अध्यक्ष यादव, उपाध्यक्ष भूमिसरा धिताल, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आजै हात्तीपाईले विरुद्धको औषधी सेवन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *