टी–२० महिला विश्वकप क्रिकेट छनाैटमा नेपालसँग चीन भिड्दै 

बाँके । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटको आफ्नौ पाँचौँ खेलमा नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ।
अाज अपराह्न १२:४५ मिनेटमा सुरु हुने खेलमा नेपालले आफ्नो अपराजित यात्रालाई कायमै राख्न चाहन्छ। चार खेलमा तीन खेल जितेको नेपालको ६ अंक रहेको छ। नेपाली महिला क्रिकेट टोली अंक तालिकाको चौथो स्थानमा रहेको छ। चीन भने पाँच खेल खेल्दै समान ६ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। चीनलाई पराजित गरे नेपालले विश्वकप खेल्ने आफ्नो सपनालाई जिवितै राख्नेछ। लगातार जित निकाल्दै नेपालले आफूलाई बलियो दाबेदारको रूपमा प्रस्तुत गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *