प्रदेशभित्र एकता कायम हुनुपर्दछ: मुख्यमन्त्री पाेखरेल

बाँके । मुख्यमन्त्री शंकर पोखरेलसँग गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको नेतृत्वको टोलीले आज मुख्यमन्त्री कार्यालयमा भेट गरेको छ ।
भेटमा मुख्यमन्त्रीले प्रदेश बलियो छ भन्ने मनोविज्ञान तयार गर्न प्रदेशसभाभित्रको एकतालाई सत्तापक्ष र प्रतिपक्ष नभनी बलियो बनाउनुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश ५ मा पनि बजेट र विधेयकहरु सहमतिमै पारित भएको तथा एकतालाई अझ बलियो बनाएर अघि बढ्दै प्रदेशको बलियो फाउण्डेशन बनाउन जोड दिएको जानकारी दिनुभयो । मुख्यमन्त्रीले बजेट अधिवेशनलाई बजेट सत्रकै रुपमा र विधेयक अधिवेशनलाई विधेयक सत्रको रुपमा स्थापित गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले अनुभव आदानप्रदानका लागि भएको भेटघाट प्रशंसनीय भएको बताउनुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सिक्दै अघि बढेको प्रदेशसभाले अरु प्रदेशको अनुभव आदानप्रदानका लागि भ्रमणमा निस्केको बताउनुभयो ।
सभामुख नेतृत्वको भेटमा गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्मा, प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली, विभिन्न विषयगत समितिका सभापति, प्रदेशसभा सदस्य सहित ३० जना सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *