बाँके राजधानीका लागि उपयुक्त स्थान

बाँके । प्रदेश ५ काे राजधानी र नामाकरणका लागि गठित संसदीय विशेष समितिलाई प्रदेश राजधानी बाँके उपयुक्त  हुने यहाँका सराेकारवालाले सुझाव दिएका छन् ।
प्रदेश सभाले सुझाव संकलनका लागि १५ सदस्यीय संसदीय टाेली गठन गरेको थियो । टाेलीले आइतवार नेपालगञ्जमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बाँकेमा गठित विकासका लागि नागरिक सरोकार समितिले प्रदेश राजधानी र नामाकरणका सन्दर्भमा साझा धारणा बुझाएको छ । समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले समितिका सदस्य विष्णु पन्थीलाई लिखित सुझाव बुझाएका हुन् । संयाेजक श्रेष्ठका अनुसार पूर्वाधार र न्यायका लागि बाँके राजधानी हुनुपर्छ । सबैलाई संघीयताले समेट्ने हाे भने न्यायमा अाधारित हुनु पर्ने वताउनु भयाे ।
सुझावका लागि राजनीति दल, नागरिक समाज, जनप्रतिनिधि , बुद्धिजीवी लगायतको सहभागी रहेको थियो । सबै सहभागीले भावनले जित्ने गरि राजधानी र प्रदेशको नामाकरण गर्नु पर्ने धारण राखेका थिए ।
सम्पूर्ण पुर्वाधारयुक्त भएका कारण बाँकेलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने माग जोडदाररुपमा उठेको कार्यक्रम सञ्चालक जिल्ला समनवय समितिका अधिकृत मिनबहादुर मल्लले बताउनु भयाे ।

समितिका संयोजक दिपेन्द्र पुनको संयोजकत्वमा गठित विशेष समितिले प्रदेशको १२ वटै जिल्लामा पुगेर सुझाव संकलन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *