नेपालगन्जमा चर्चित कलाकार आउने

बाँके । प्रादेशिक  महोत्सव नेपालगन्जमा ख्याती प्राप्त कलाकार आउने भएका छन् । महोत्सवका काठमाडौबाट आउने  कलाकारकाे टुङ्गो लागिएको सांस्कृतिक समितिका संयोजक तपेन्द्र शाहले जानकारी दिनुभयो ।

संयोजक शाहका अनुसार महोत्सवमा लोकगायन तर्फ पशुपति शर्मा, बद्री पंंगेनी, रामजी खाँड, खुमन अधिकारी, प्रकाश सपुत, कृष्ण रेउले, सज्जन धामी, सन्तोष दवाडी, चन्द्र शर्मा, भुमिका गिरी, कला लम्साल, सेजु अधिकारी रहेका छन् । आधुनिक गायनतर्फ राजेशपायल राई, मेलिना राई, शिव परियार, राजनराज सिवाकोटी, यम बराल,कालीप्रसाद बासकोटा, रुपक डोटेल, समिर आचार्य, सिर्जना हाउडे माया, एन्जली रेग्मी रहेका छन् ।

शाहले दिएको जानकारी अनुसार हाँस्यतर्फ चर्चित कलाकार मनोज गजुरेल, पुर्खा बा, ध्रुमुस, माग्ने बुढो (पोख्रेली), नमस्ते दिवाकर, महोत्सवमा सहभागि हुँदैछन् । पहिलो पटक महोत्सवमा जादुगर सुरज मायावी र नृत्यमा रुबिना अधिकारीलाई पनि आमन्त्रण गरिएको छ ।

महोत्सवमा गत वर्ष झै यसपटक पनि कल्चरल शो, डान्स प्रतियोगिता आयोजना गरिने महोत्सव सांस्कृतिक समितिका संयोजक शाहले जानकारी दिनुभयो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवमा तीन सय बढि स्टल रहने छन् । स्थानीय ब्यापार प्रर्बद्धन र बहुउदेश्यीय सभाहल निर्माण गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको प्रचार प्रसार समितिका संयोजक टंक बहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार नै महोत्सवको झाँकीलाई भब्य बनाउन बाँकेका शिक्षा क्षेत्रमा क्रियाशिल शैक्षिक संघ संगठनसंग बृहद छलफल भएको छ ।

महोत्सवमा बिद्यार्थीलाई लक्षित गरी बिज्ञान प्रदर्शनी लगायतका स्टल राखिने निर्णय भएको धामीले जानकारी दिनुभयो । महोत्सवमा बिद्यार्थीलाई ज्ञानका कुरा सिकाउने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *