काेहलपुरमा बस र कार ठाेक्किदा १६ जना घाइते

बाँके । काेहलपुर नगरपालिकाकाे पूर्व पश्चिम राजमार्ग  सडकखण्डको रोहीनी खोला नजिकै बस र कार एक आपसमा ठोकिदा १६ जना घाइते भएका छन् ।

धनगढीबाट बुटवलतर्फ जाँदै गरेको ना४ख ९२४२ नंम्बरको यात्रुबहाक बस र बा४ख १४२४ नम्बरको ठोकिँदा घाइते भएका १६ जनामध्ये ४ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घाइते सबैको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *