वडा नं. १८ मा खुल्ला व्याटमिन्टन प्रतियोगिता सुरू


बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ ले स्वस्थ्य नागरिक र व्यायमकाे अावश्यकता महत्त्व दिदै अाज विहान ७ बजे देखि खुल्ला व्याटमिन्टन प्रतियोगिताकाे संचालन भएको छ।
प्रतियोगिता वडा अध्यक्ष दीपककुमार वर्ममा र  बाँके जिल्ला खेदकुद संघका उपाध्यक्ष संजय थापाले संयुक्त रूपमा उद्घाटन गर्नु भएको हाे । शुक्रबार देखि सुरु भएको प्रतियोगिता साेमबार समापन हुने छ ।

खानपानमा बढी मिसावट र हाईजेनिक्क कम हुने खानाले अाजभाेली शहरी नागरिकको स्वास्थ्यमा विभिन्न प्रकारका राेगले सताउने भएकाले व्यायाम तथा खेलकुदकाे माध्यमले सुगठित र स्वस्थ्य रहन सहयोग पुग्छ । बजारमा बस्ने नागरिककाे खाना बानीमा परिवर्तन छ र खानाकै कारण विभिन्न राेगले संक्रमित हुने भएकाले जनचेतनामूलक व्यामिन्टन खेलकाे अायाेजना गरिएको वडा अध्यक्ष दीपककुमार वर्माले जानकारी दिनु भयाे । व्यावसायिक खेल भन्दा खेल्ने वानि बसाल्नका लागि याे खेलकाे अायाेजना गरिएको वर्मा वताउनु हुन्छ ।

वडा पालिकाले विभिन्न प्रकारका रचनात्मक काम समेत गर्दै अाएकाे छ । कारकाँदाे स्थित सडक विभागकाे हलमा हुन लागेका खेलमा २३ वटा समूहका खेलाडी सहभागी रहन छन् ।

वडा सदस्य दिगविजय ढुङ्गानाका अनुसार खेलाडीलाई प्राेत्सान स्वरूप प्रतिव्यक्ति प्रथमलाई ५ हजार दाेस्राेलाई ३ हजार र २ हजार नगद पुरस्कार पनि प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *