प्रदेश नम्बर ५ को अनुदान पाउने किसानको नाम प्रकाशित

बाँके ।  प्रदेश नम्बर ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदान कोष कर्याक्रम २०७५/०७६ को लागि स्वीकृत भएका अनुदान ग्राहीहरूको विवरण सर्वजनिक गरेको छ ।
बुधबार सार्वजनिक सूचना अनुसार कृषि अनुदान कोष कार्यक्रम संचालन कार्यविधि २०७५ मा व्यवस्था भए अनुसार मिति २७५/११/५ र ६ गते बसेको अनुदान व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार स्वीकृत अनुदानग्राहीहरूको विस्तृत विवरण सम्बन्धी प्रकाशन गरिएको हो ।

जसको सबै विवरण मन्त्रालयको वेभ साइट www.molmac.p5.gov.np मा प्रकाशित गरिएको छ । अनुदान ग्राहीहरूसंग सूचना प्रकाशन भएको ८ औ दिन बाट सम्झौता गर्ने कार्यक्रम सुरु हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *