प्रदेश २ सरकारको अभियान ‘बेटी पढाऊ बेटी बचाऊ’

बाँके ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको लक्ष्य समृद्ध नेपाल र सुखी नेपालीलाई साकार पार्न महिलालाई शिक्षित बनाई जिम्मेवार नागरिक बनाउनु जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारी बिहीबार वीरगन्जमा प्रदेश २ सरकारले आयोजना गरेको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत कार्यक्रमको समुद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । शिक्षाको अभावमा महिलाप्रति हुने दुव्र्यवहार हिंसा, दाइजो लगायत विकृति र विसङ्गति निराकरण गर्न नसकिएको भन्दै उहाँले नारी शिक्षित भए समाज शिक्षित हुने धारणा व्यक्त गर्नुभयो ।
छोरी र छोरालाई हेर्ने दृष्टिकोण फरक–फरक रहेकाले समाजमा महिला अपहेलित हुने गरेको प्रसङ्ग उठाउँदै उहाँले छोरीप्रतिको नकारात्मक सोचमा परिर्वतन ल्याउन शिक्षा नै मूल माध्यम भएको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति भण्डारीले संविधानले महिलाप्रति गरिने सबै खालको भेदभावलाई अन्त्य गरेको भन्दै त्यसको सही कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । शिक्षालाई महिलाको पहुँचमा पु¥याउन सके आफ्ना हक र अधिकार लिन उनीहरू सक्षम हुने विचार पनि उहाँले राख्नुभयो ।
विभेद नगरी छोरा र छोरीलाई समान व्यवहार गर्दा परिवार र समाजमा शान्ति कायम हुने भन्दै उहाँले छोरीलाई शिक्षासँगै रोजगारीको अवसर पनि सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *