नेपालगन्ज महोत्सवमा चर्चित कलाकार आउने

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा फागुण १६ गतेदेखि २६ गते सम्म हुने प्रादेशिक महोत्सवमा चर्चित कलाकारहरुको आउने भएका छन् ।
महोत्सव साँस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहका अनुसार लोकदोहोरी तर्फ गायक रामजी खाँड, बद्री पंगेनी, प्रकाश सपुत आउने हुनु भएको छ । त्यस्तै आधुनिक तर्फ राजेशपायल राई, रुपटक डोटेल, राजनराज सिवाकोटी र यम बराल छन् भने हाँस्य बिधा तर्फ चर्चित कलाकार मनोज गजुरेल आउने आउनु हुने छ ।
अन्य कलाकारहरुको पनि सहभागिता हुने शाहले जानकारी दिनु भयो । उहाँका अनुसार महोत्सवमा बिगतका वर्षझैं यसपटक पनि बृहद नृत्य प्रतियोगिता देखि कल्चरल फेशन शो पनि हुने छ । महोत्सव आउन केही दिन मात्र बाँकी रहेकाले तयारी तिब्ररुपमा भइरहेको प्रचार प्रसार समितिका संयोजक टंक धामीले जानकारी दिनु भयो । महोत्सव सडक डिभिजन परिसर कारकाँदोमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *