राष्ट्रियता, लोकतन्त्र र विकासमा सरकारले कसैसँग सम्झौता गर्दैनः प्रधानमन्त्री

बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अधिनायकवादी नभई अधिकतम लोकतन्त्रवादी भएको बताउनुभएको छ । वर्तमान सरकार अधिनायकवाद उन्मुख भएको आरोप विपक्षी दलले लागिरहेका बेला सुदुपश्चिम प्रदेश सभालाई आज सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका कम्युनिष्ट उदारवादी रहेको बताउनु भयो ।

उहाले समृद्ध नेपाल बनाउन सरकार लागि परेको बताउदै विकास विरोधी कुनैपनि गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो । दुई घण्टाभन्दा बढि सम्वोधन गर्नुभएका प्रधानमन्त्री ओलीले ५ वटा विषयमा सरकारले कुनै सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समानता, स्थायित्व र स्थिरता तथा सुशासन र विकासका विषयमा सरकारले कसैसँग कुनै समझदारी नगर्ने उहाँको भनाई थियो । उहाले प्रदेशमा कायम स्रोत साधनको प्रयोग गरी विकास निर्माणको जग बसाउन जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।

जनप्रतिनिधिहरुलाई विकासको नायक र अभियन्ताको संज्ञा दिदै उहाँले विकास निर्माणको क्षेत्र पहिचान गरी कार्यान्वयनमा ल्याउनु जरुरी रहेको उल्लेख गर्नुभयो । दुरदराजमा रहेका वस्ती विकासको बाधक रहेको बताउदै प्रधानमन्त्री ओलीले ती वस्तीको उचित व्यवस्थापन आवश्यक रहेकोमा जोड दिनुभयो ।

सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने उद्घोष समेत गर्नुभयो । कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएकोले छानबिन समिति र विभिन्न टोली गठन गरी काम भैरहेको बताउनुभययो । उहाँले सरकारले छिट्टै ने अपराधी पत्ता लगाउने आश्वासनसमेत दिनुभयो ।यो खबर जनता टाइममा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *