कमैया महिलालाई न्योचित पुनस्थापना भएको छैन


बाँके । कमैया महिला जागरण समाज नेपालले तीन दिने संस्थागत विकास तालिम गुलरियामा बुधबार सम्मन्न भएको छ ।
सरकारले कमैया मुक्त गरेपछि सरकारले मुक्त कमैयालाई दिएका सेवा सुविधामा महिलालाई विभेद गरेको भन्दै पाँच जिल्लाका कमैया महिलाहरु आफ्नो अधिकारका लागि कमैया महिला जागरण समाज नेपालमा संगठित भएका छन् ।

कमैया महिलाले बदलिदो राज्य संरचना अनुसार आफ्नो संगठनलाई पनि सोही अनुसारको संरचना संगठन विस्ता र संगठनको आगमी कार्यक्रम र कार्यदिशाका विषयमा केन्द्रित रहदै आफ्ना सवालमा गहन छलफल गरी निक्र्यौलमा पुगेको छ । मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले परिवर्तित अवस्थामा पनि हाम्रा माग पुरा हुने संभावन नदेखिएकोले राज्यको नीतिमा रहेका विभेद अन्त्य गरिनु पर्ने उहाँको धारणा रहेको छ ।
कमैया महिला जागरण समाज नेपाली केन्द्रीय अध्यक्ष विष्णी थारुले संगठनले व्यवहारिक मुक्ति अझै पुरा नभएकोले हामी महिला संगठित हुनु पर्ने बाध्यता रहेको वताउनु भयो । कमैया महिलालाई पुरुष सरहको पहिचानका लागि परिचयपत्र, महिला पुरुषले समान काम गरे पनि महिलालाई ज्यालामा विभेद गरिएको, बासका लागि प्राप्त जमिनको पुर्नउपायोग गर्न नपाएका, आर्थिक स्तरबृद्धिका लागि सरकारले कमैया महिलालाई विशेष सुविधा नदिएको लगायतका कमैया महिला गुनासो रहेको छ ।

कार्यक्रममा कमैया महिलाले आगमी दिनमा कसरी आफ्ना सवाल स्थापित गर्नका लागि पैरवी गर्ने विषयमा पाँचै जिल्लाबाट आएका कमैया महिलाले आफ्ना विचार व्यक्त गरेका थिए । राज्यको संरचना अनुसार आफ्ना माग पुरा गराउन अझै संगठन बलियो बनाउने प्रतिवद्धता समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *