जानकी गाउँपालिकाले कार्यसम्पादनका लागि मोवाइल एप्स शुभारम्भ


बाँके । बाँकेको जानकी गाउँपालिकाले आफ्नो सेवाप्रवाहलाई मोवाइल एप्स मार्फत प्रविधिमैत्री बनाएको छ । मोवाइल एप्स गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले शुभारम्भ गर्नुभयो । मोबाइल एप्लिकेशन सार्वजनिकसँगै सबै वडाका जनताले गाउँपालिकाले प्रदान गर्ने सेवा घरमा बसीबसी सजिलै बुझ्न सक्ने जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो ।

‘कुनैपनि योजनाको कार्यान्वयनको अवस्था के कस्तो छ भनेर मोबाइलबाटै बुझ्न सकिन्छ भने उक्त योजनाहरुसँग सम्बन्धित गुनासा पनि एप्लिकेशन मार्फत नै गर्न सकिन्छ’ अध्यक्ष यादवले भन्नुभयो –‘गाउँपालिकाबाट विनियोजित रकम र तर्जुमा गरिएका कार्यक्रमको कार्यान्वयन अवस्थालाई मोबाइल एप्सबाट हेर्न सकिन्छ ।

मोवाइल एप्स मार्फत नै सेवा प्रदान गर्नको लागि प्राप्त निवेदनहरूको विषयमा काम कारवाही अघि बढाउन वडा अध्यक्ष र सचिवहरूको लागि तालिम दिएपश्चात मोवाइलबाटै सेवा लिन सकिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले बताउनुभयो ।

मोबाइल एप्स मार्फत गाउँपालिकाका बारे कुनै गुनासा, जिज्ञाशा तथा प्रतिक्रिया दिन सकिने र एप्स मार्फत नै गाउँपालिकाका तर्फबाट जिज्ञासा समाधान गरिने उहाँले जानकारी दिनुभयो ।

जन्म दर्ता, मृत्यु दर्ता, घटना विवरण, गाउँपालिकाका योजनागत कार्यक्रम, प्रगति विवरण, गाउँपालिका क्षेत्रका सबै वडा कार्यालय, सरकारी गैरसरकारी निकायका गतिविधि समेटर एप्स बनाइएकाले जनता र गाउँपालिका दुबैका लागि यो अत्यन्त प्रभावकारी हुने गाउँपालिकाका सूचना अधिकृत बिकास जिसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *