राससले आम चासोको समाचार दिनु पर्दछः मन्त्री बास्कोटा

बाँके । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदलिँदो समयअनुसार राष्ट्रिय दायित्व र आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय समाचार समिति९रासस० ले आफ्नो सेवालाई थप परिस्कृत बनाउनुपर्ने बताउनुभएको छ ।

राससको ५८ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले समाचार उत्पादन, प्रसारण र वितरणमा अग्रणी संस्थाको रुपमा राससले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेपाली जनताको चाहना, भावनालाई सम्बोधन गर्दै ग्रामीण दूरदराज तथा पछाडि पारिएका क्षेत्रको समाचार सङ्कलन गरी राज्यको मूल प्रवाहमा ल्याउने दायित्व राससको भएको भन्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारको मात्रै होइन, आम चासोका समाचार दिनुस् । अग्रणी संस्थाको रुपमा स्थािपत हुनुहोस्् । सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुन्छ ।”

मन्त्री बाँस्कोटाले वास्तविक रुपमा पत्रकारिता गर्न आग्रह गर्दै समृद्धिका लागि वास्तविक सूचना र सञ्चारको पहुँच स्थापित गर्ने दायित्वलाई आत्मसात् गर्नसमेत राससलाई सुझाव दिनुभयो ।

रासस सिर्जनात्मक केन्द्र र वास्तविक समाचार उत्पादन गर्ने मिलको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सरकारी हो भन्ने मान्यता त्याग्नुस्, वास्तविक पत्रकारिता गर्नुस् । सरकारको सधैँ साथ र सहयोग रहन्छ ।”

भारत, चीन,अमेरिका र बेल्जियममा राससका समाचारदाता राख्ने विषयलाई आफैँले नै अगाडि बढाएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले उचित नीति, योजना र कार्यक्रम बनाएर लागू गर्नसमेत आग्रह गर्नुभयो ।

अग्रणी समाचार संस्थाको रुपमा स्थापित गर्न अगाडि सारिने आवश्यक नीति तथा योजनालाई सरकार र मन्त्रालयको तर्फबाट सबै खालको सहयोग उपलब्ध हुने उहाँको भनाइ थियो । उहाँले राससका भौतिक सम्पत्तिको बहुप्रयोगमा लगाउन समेत व्यवस्थापनलाई निर्देशन दिनुभयो । यो खबर जनता टाईममा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *