मुख्यमन्त्री पोखरेलको प्रजातन्त्र दिवसमा शुभकामना


बाँके । मुख्यमन्त्री शंकर पोखरेलले आज निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्था अन्त्य भई लोकतान्त्रिक शासन व्यवस्था शुभारम्भ भएको दिन हो । यस अवसरमा सम्पूर्ण नेपालीदाजुभाइ, दिदीबहिनीहरु प्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । नेपाली जनताको लामो संघर्ष र बलिदानले नै निरकुंश, जहाँनिया र तानाशाही शासन व्यवस्थाको अन्त्यभई लोकतन्त्रको स्थापना भएको हो । फक्रदै गरेको लोकतान्त्रिक व्यवस्थालामो समय जोगिन सकेन्, अन्ततः मुलुक पुनः तीन दशक तानाशाही पञ्चायती व्यवस्थाको अध्याँरोमा डुब्यो । २००७ सालमा प्राप्त प्रजातन्त्रको जगमा हुर्र्किएको पुस्ताले नै पञ्चायत विरोधी आन्दोलन अघि बढाउँदै लग्यो । अन्ततःपञ्चायती व्यवस्थाको अवसान भयो । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको जगपनि २००७ सालदेखि बसेको हो । त्यसबेला उठेको संविधानसभाको माग २०६२÷०६३ को जनक्रान्ति पछि पुरा हुन संभवभयो । र, विधानसभाबाट नयाँ संविधानजारी भएको छ । अब प्राप्त उपलब्धिको रक्षागर्दै जनआकांक्षा पूरा गर्ने दायित्वलाई गंभीरता पूर्वक पूरा गर्दै अघि बढ्नुपर्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्रनभई नागरिकको जीवनपद्दति र शैलीका रुपमा स्थापितगर्नु आवश्यकछ । जब संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमामात्र नभई नागरिकको जीवन पद्दतिको रुपमा स्थापित हुन्छ, त्यस बेला आमनागरिकले लोकतन्त्रको अनुभूतिगर्न पाउँछन्, लामो संघर्षबाट प्राप्त परिवर्तनको अनुभूतिगर्न पाउँछन् । ऐतिहासिक संविधान सभाबाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघिय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छौ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयन महत्वपूर्ण विषय हो ।

हामीले हाम्रो प्रदेशमा समृद्ध प्रदेश, खुसीजनताको लक्ष्यवोकेर अघि बढ्न लागि रहेका छौ । त्यो लक्ष्यमा पुग्न आवश्यक संरचना तयार गरी कार्यान्वयन गरिरहेका छौं । संविधानले दिशानिर्देश गरेको बाटोवाट न्यायपूर्ण, समतामुलक र समृद्ध समाजनिर्माण गर्ने कुरा तीनै तहका सरकारहरुको साझा लक्ष्य हो । संघीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको छ । हामी प्रदेशको विकास र समृद्धिको वाटोबाट उक्तलक्ष्य पुरा गर्न सार्थक योगदानका लागि कृतसंकल्पित छौं । प्रजातन्त्र दिवसको अवसरमा यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी र आमनागरिकमा हार्दिक अपिल गर्दछु ।
अन्त्यमा प्रजातन्त्र दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *