प्रादेशिक महोत्सव, अधिकांस स्टल बुक

बाँके। नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्ने प्रादेशिक महोत्सवका लागि अधिकांस स्टल बुक भैसकेका छन। आइतबारसम्म २ सय ६० स्टल बुक भैसकेका छन।
महोत्सवमा ३ सय स्टल राखिनेछ । ‘स्टलका लागि माग आइरहेको छ’, वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनु भएको छ। , एक २ दिनमा सबै स्टल बुक भैसक्नेछन् ।’ उहाँले स्टलका लागि पहिलो प्राथमिकता बाँकेका स्थानीय उत्पादनलाई दिएको जानकारी दिनुभएको हो । ‘पहिले स्थानीय अनि प्रदेश र संघका उत्पादनलाई प्राथमिकता दिइएको छ
। बाँकेमा उद्योग स्थापनाको क्रम बढ्दै गएकाले महोत्सवमा स्थानीय उत्पादन प्रवद्र्धनलाई पहिलो महत्वमा राखेको छ। महोत्सवमा विभिन्न उत्पादकहरुका उत्पादन, कपडा, घरेलु, हस्तकलाका सामान, अटोमोबाइल्स, जडिबुटी, कृषि, इलेक्ट्रोनिक्स, होटल लगायतका स्टल रहने आयोजक संघले जानकारी दिएको छ ।
महोत्सवमा मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत राखिने आयोजकले जानकारी दिएको छ । महोत्सव आयोजना स्थल सडक डिभिजन परिसर, कारकाँदोमा स्टल तथा स्टेज निर्माण कार्य सुरु भैसकेको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *