प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन

 

बाँके । सडक दुर्घटनामा घाइते हुनु भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ।उहाँको उपचारका क्रममा सोमबार दिउँसो निधन भएको त्रिवि शिक्षण अस्पताल स्रोतले जानकारी दियोको छ ।
गत माघ ११ गते साँझ भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो।
एसपी पोखरेलको घटनास्थलमै निधन भएको थियो।
कलैयाबाट निजगढ जाने क्रममा ना १ झ १६३३ नम्बरको स्कारर्पियो गाडी दुर्घटना हुँदा बाराका प्रजिअ भट्टराई गम्भीर घाइते हुनुभएका थिए।
तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकामा उहाँलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *