खजुरामा प्रथम मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताका सुचारु


बाँके । बाँकेको खजुरास्थित जनसेवा माध्यामिक विद्यालय गिजरामा प्रथम मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताका वर्षाका कारण एक दिन रोकिएको प्रतियोगिता आज आइतवारदेखि शुरु भई विभिन्न विद्यालयवीच प्रतिस्पर्धा गराइएको छ । खेलमा भलिबल, एथलेटिक्स, चेस, कपर्दीलगायतका खेलहरु संचालन भइरहेका छन् ।
केही खेल भने सम्पन्न भएको सचिवालय प्रमुख यमनाराण महतोले जानकारी दिनु भयो । प्रतियोगिता अझै २ दिन संचालन हुने जनाइएको छ । प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ५ सय विद्यार्थीले सहभागिता जनाएका छन् । कक्षा ९–१२ मावि तह, कक्षा ६–८ निमावि र १–५ आधारभूत तीनै तहलाई प्रतियोगितामा सहभागिता गराइएकोमा आधारभूत तहका विद्यार्थीबीच उद्घाटनकै दिन पनि प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा मावि तर्फ प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २० हजार, द्वितियलाई १० हजार र तृतीयलाई ७ हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ भने कक्षा १ देखि ८ सम्मको विद्यालयका लागि क्रमश ः १० हजार, ७ हजार र ५ हजार पुरस्कार राशी राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *