प्रधानमन्त्री ओलीलाई सुदूरपश्चिम प्रदेश भ्रमणको निम्तो

बाँके । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेश भ्रमणको निम्तो दिनु भएको छ ।
सुदुरपश्चिम प्रदेशको प्रदेशसभा बैठक सम्बोधन र प्रदेश गौरवको योजना शिलान्यास गर्नका लागि मुख्यमन्त्री भट्टले शनिबार प्रधानमन्त्री ओलीलाई औपचारिक निम्तो दिनु भएको हो । प्रधानमन्त्री ओलीले फागुन ७ गते डोटीको दक्षिण भेगलाई मुख्य सडकसँग जोड्ने सडकको शिलान्यास गर्ने र फागुन ८ गते प्रदेशसभामा सम्बोधन गर्ने गरि मुख्यमन्त्री भट्टले औपचारिक निम्तो दिनु भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनु भयो ।
प्रधानमन्त्री ओलीलाई सुदूरपश्चिम भ्रमणको निम्तो दिन शनिबार काठमाडौं गएका मुख्यमन्त्री भट्ट शनिबार नै फर्किने स्वकीय सचिव ओलीले बताउनु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *