त्रिभुवन जनता माविको ४३ औं वार्षिक उत्सव सम्पन्न


बाँके । त्रिभुवन जनता माध्यामिक विद्यालय च्यूराले ४३ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा नं ५ मा रहेको यो विद्यालय त्यस क्षेत्रको अग्रणी विद्यालय हो ।
वार्षिक उत्सव कार्यक्रममा छात्रछात्रा तर्फ भलिवल, सटफुट, हाईजम्प, लमजङ्घ, हिसाव दौड, तातो आलु, कुर्चि दौड, हाजिर जवाफ, वक्तृत्वकला र साँस्कृतीक कार्यक्रम प्रतियोगिताको आयोजना गरेको थियो ।
प्रतियोगितामा सफल विद्यार्थीहरुलाई विद्यालयले नगद र प्रमाण पत्र सहित पुरस्कृत गरेको छ । विद्यालयमा नियमित, अनुसासन, सरसफाई, कल्वका पदाधिकारी, कक्षा माईन्टरलाई समेत पुरस्कृत गरेको छ । विद्यार्थीसँगै विद्यालय प्रशासनले उत्कृष्ट शिक्षकमा माध्यामिक तर्फ गणेश अधिकारी र आधारभुत तहमा लालमणि विष्टलाई पुरस्कृत गरेको छ ।
विद्यालयले १ कक्षा देखि १० कक्षा सम्म परिक्षामा पहिलो, दोस्रो तेस्रो हुनेहरुलाई पुरस्कृत गरेको छ । सम्मान कार्यक्रममा वोल्दै बनगडा कुपिण्डे नगरपालिकाका प्रशासकीय अधिकृत नोखिराम वलीले विद्यार्थीको प्रतिभा र विद्यालयको गतिविधीको प्रसंसा गर्नु भएको थियो । विद्यालयमा राम्रो शिक्षाको गुणस्तरता वढाउन अभिभावक, शिक्षक सरोकारवाला निकायहरु जागरुक हुनुपर्ने वताउनु भयो ।
विद्यालयको वार्षिक उत्सवका प्रतियोगिता विद्यार्थीलाई नगर शिक्षा शाखाका संयोजक रोम प्रसाद पाण्डे, श्रोत व्यक्ति चक्र रावत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिलाल विष्ट, पूर्व अध्यक्ष टोपवहादुर विष्ट, किर्ती वहादुर राना, वडा अध्यक्ष कमल विक, बनगाड क्याम्पस बनगाडका उपाध्यक्ष गणेश बि.सीं लगाएतका खेलाडिहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
तीन दिन सम्म संचालन भएको वार्षिक उत्सवमा संचालनमा सहयोग गर्ने सबै निकाय, विद्यार्थी, अभिभावकलाई प्रधानाध्यापक गुमानसिंह विष्टले धन्यवाद मन्त्वय व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *