दाङमा दुईवटा बस एकआपसमा ठोक्किदा ४२ जना घाइते

बाँके । यात्रुबाहक दुईवटा बस एकआपसमा ठोक्किदा दाङको श्रीगाउँमा ४२ यात्रु घाइते भएका छन् । दंगीशरण गाउँपालिका वडा नम्बर ७ श्रीगाउँमा दुईवटा बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भिम कार्कीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट  ईप्रकाको सञ्चार शाखाले भने हालसम्म २५ जना घाइतेको नाम आएको र त्यसमध्ये ९ जना गम्भीर घाइते भन्ने कुरा आएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट बगालेतर्फ जाँदै गरेको रा १ ख १७७० नम्बरको बस र पश्चिमको खैरेनीबाट तुलसीपुरतर्फ आउँदै गरेको जन्ती बोकेको ना ८ ख १०१७ नम्वरको बस शुक्रबार दिउँसो ३ः५० बजेतिर एक आसपमा ठोक्किएर  दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *