आज प्रदेश स्थापना दिवस, प्रदेश ५ मा सार्वजनिक विदा


बाँके । प्रदेश स्थापनाको अवसरमा प्रदेश नं. ५ सरकारले आज शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । संघीय शासन प्रणाली अनुसार तीन तहको राज्य व्यवस्था अनुसार प्रदेश नंं. ५ ले २०७५ फागुन ३ गते पहिलो पटक प्रदेश सरकार गठन भएको हो ।
प्रदेश स्थापनाको दिनलाई प्रदेश सरकार र सो भन्दा तल्लो तहले विभिन्न प्रकारका कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाएको हो । प्रदेश सरकार स्थापनाको अवसरमा बाँके जिल्लाको राजमार्ग स्थानका स्थानीय तह, सेना, प्रहरी र स्थानीय बासीले सरसफाई अभियानमा सहयोग गरेका थिए । यसैगरी जनस्वास्थ्य कार्यालयको समन्वयमा विहिबार रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।
प्रदेश स्थापनाको अवसरमा आज नरैनापुरमा स्वास्थ्य शिविर संचालन गरिने जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *