प्रहरीले १८ किलो सुन कञ्चनपुरबाट बरामद गर्यो

बाँके । कञ्चनपुरबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । सुन माटो मुनी गाडेर राखिराखेको अवस्थामा पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले बरामद गरेको हो।

विशेष सुराकीका आधारमा काठमाडौंबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), अपराध महाशाखा, जिप्रका कैलाली र कंचनपुर तथा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले बिहीबार बिहान खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा उक्त परिमाणको सुन बरामद गरेको हो।

पुनर्वास–२ दशरथबस्ती स्थित शंकर बिकको घरवाट सुनका १०८ वटा सिक्का प्राप्त भएको र सो को तौल १८ किलो भएको प्रहरीले जनाएको छ। सुनसँगै एक ब्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ। यद्यपी घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *