प्रदेश स्थापना दिवसको अवसरमा ४० जनाले रक्तदान गरे


बाँके । प्रदेश स्थापना दिवसको अवसरमा बाँके जिल्लामा आज ४० जनाले रक्तदान गरेको छन । रक्दान कार्यक्रमको शुभारम्भ जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले गर्नु भएको थियो । कार्यक्रम संयोजक श्रीवास्तवले प्रदेश स्थापनाको दिन आफैमा महत्वपूर्ण र ऐतिकासिक दिन भएकोले यो रक्दान कार्यक्रम झनै मानव हितका लागि भएको वताउनु भयो ।


जिल्लाको भेरी प्रादेशिक अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाईटीको रक्तदान संचार केन्द्रमा आज विहानै देखि रक्तदान कार्यक्रम आयोजना गरिएकोमा ४० जना स्वास्थ्यकर्मी विद्यार्थी र आम नागरिकले रक्तदान गरेको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिनु भयो
जनस्वास्थ्य अधिकृत चन्दका अनुसार भोली शुक्रबार बाँके जिल्लाको नरैनपुर गाउँपालिकामा स्वास्थ्य शिविर संचालन हुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *