मन्त्री पौडेलले नवलपरासीको सरसफाई अभियानको अगुवाई


बाँके । प्रदेश स्थापनाको दिवसमा अवसरमा प्रदेश नं. ५, प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललको अगुवाईमा नवलपरासीमा सरसफाई कार्यक्रम शुभारम्भ भएको छ ।
मन्त्री पौडेलको अगुवाईमा भएको कार्यक्रममा नवलपरासी जिल्लाको बर्दघाट देखी ज्यामिरे सम्मको महेन्द्र राजमार्गमा सरसफाई गरियो । यस सरसफाई कार्यक्रममा सहभागी प्रदेश सभाका सदस्यहरु, समन्वय समितिका प्रमुख, स्थानीय सकारका पदाधिकारीहरू, सुरक्षा निकाय, पत्रकार , बिद्यार्थीहरु, उद्योग बाणिज्य संघ, समाजसेवी र बुद्धीजिबीहरू लगायत स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो ।
प्रदेश सरकारले स्थापना दिवस पारेर विभिन्न कार्यक्रमहरु गरेको छ । आज देखि प्रदेश सरकारले सरसफाई अभियानको शुभारम्भ गर्ने घोषणा समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *