पानी जहाज कार्यालय स्थापना

बाँके । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको १ बर्ष पुगेको अवसरमा पानी जहाज कार्यालय स्थापना गरेको छ ।

ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री ओलीले बिहीबार पानी जहाज कार्यालयको उद्घाटन गर्नुभयो । एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । उहाले सो भवनको उद्घाटन गर्दै समुन्द्र सबैको साझा भएकाले त्यसमा नेपालले पनि आफ्नो पानीजहाज कुदाउने बताउनु भयो ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नुहुनेछ । कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले गरिसकेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *