सरकारका दुई ठूला आयोजनाको उद्घाटन हुने

बाँके । एक वर्षअघि जनताको आवश्यकता र चाहनालाई पूरा गर्न गठन भएको केपी ओली नेतृत्वको सरकारले सफलता नै सफलता हासिल गरिरहेको छ । यसैक्रममा सरकारले बुधबारमात्रै रोजगारीको ग्यारेण्टी गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ ।

आज पनि सरकारका दुई ठूला आयोजनाको उद्घाटन हुने भएको छ । प्रधानमन्त्री ओलीले दुर्बै कार्यक्रममाको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । नेपालमा पानी जाहजको सम्भावना छ र भन्नेहरुका लागि सरकारले आजबाट पानीजाहज कार्यालय स्थापना गरेर पानी जाहाजको विषयमा सरकार सकृय छ भन्ने सन्देश दिएको छ ।

नेपालको प्रमुख नदीहरुमा पानी जाहाजको सम्भाव्यतासमेत अध्ययनको प्रकृया अघि बढीसकेको छ । नेपालका ठूला नदीहरु कोशी, बागमती, नारायणी, राप्ती र कर्णालीमा पानी जाहाजको सम्भाव्यता अध्ययन प्रकृया शुरु भैसकेको छ ।

यस्तै गरी नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी भन्ने नाराका साथ सरकारले जनताको जनविद्युत आयोजना कार्यक्रमको शुभारम्भ हुने भएको छ । आजै प्रधानमन्त्री ओलीले यो कार्यक्रमको पनि शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको छ ।

सरकारले प्राथमिकताका राखेका यी दुबै कार्यक्रममा जनताको सहभागिता व्यापक हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *