प्रदेश ५ मा सरसफाई अभियान शुभारम्भ


बाँके । प्रदेश स्थापना दिवसरका अवसरमा माननीय मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा राजमार्ग सरसफाई कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । सरसफाई अभियानको शुभारम्भ गर्दै उहाँले राजमार्गलाई सफा बनाउने यो अभियान सरकारी कामकाजलाई असर नपर्ने गरी निरन्तर चलिरहने बताउनुभयो ।
उहाँले राजमार्गबाट शुरु भएको सरसफाई अभियानलाई प्रदेशभरी चलाउने बताउनुभयो । बुटवलको पाखापानी मनकामना चोकदेखि तिनाउपुलसम्मको सडक क्षेत्र सफाई कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य सहितका जनप्रतिनिध, प्रदेश सरकारका प्रमुख सचिव, सचिवसहितका कर्मचारी, नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी बलका उच्च अधिकारी सहित स्थानीय बासिन्दाको समेत सहभागिता थियो । विहान ७ बजे शुरु भएको सरसफाई अभियान ९ बजे सकिएको थियो ।


त्यसैगरी, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले कोहलपुर, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीले बर्दियाको भुरीगाउँ, भौतिक पूर्वाधारविकास मन्त्री बैजनाथ चौधरीले कपिलवस्तुको चन्दौटा, सामाजिक विकास मन्त्री सुदर्शन बरालले दाङको लमही र भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री आरती पौडेलले नवलपरासीको बर्दघाटबाट राजमार्ग सरसफाई अभियानको शुभारम्भ गर्नुभयो ।
राजमार्गलाई सफा बनाउँदै सडकको दायाँबायाँ आर्कषक लहरेदार फूलहरु रोप्ने योजना प्रदेश सरकारले बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *