प्रदेश स्थापना विवसमा आज रक्तदान र भोलि स्वास्थ्य शिविर गरिने

बाँके । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश नं. ५ का ३ जिल्लामा आज रक्दान कार्यक्रम हुँदै छ । बाँके जिल्लाको भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाईटीको रक्तदान केन्द्रमा आज विहानै देखि रक्तदान कार्यक्रम भई रहेको छ ।

प्रदेश सरकारले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउने निर्णय अनुसार रक्तदान कार्यक्रम गरिरहेको जानकारी बाँके जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिनु भयो ।
जनस्वास्थ्य अधिकृत चन्दका अनुसार भोलि शुक्रबार बाँके जिल्लाको नरैनपुर गाउँपालिकामा स्वास्थ्य शिविर संचालन हुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *